आइतवार, श्रावण २४ गते २०८३

दीपेन्द्र र आरिफको चम्किदा युएईमाथि नेपालको सानदार जित

मंगलवार , माघ २०, २०८२

काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत चेन्नईमा भएको वार्म अप खेलमा नेपालले युएईमाथि ७ विकेटको सहज जित निकालेको छ। 

नेपालले दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको अर्धशतकको मद्दतमा युएईले दिएको १४६ रनको लक्ष्य १७ ओभरमा ३ विकेटको क्षतिमा पार गरेर सानदार जित निकालेको हो। 

दीपेन्द्रले ३१ बलमा ४ चौका र १ छक्काको मद्दतमा नटआउट ५० रन बनाए। आक्रामक ब्याटिङ गरेका आरिफले ३७ बलमा ८ चौका र २ छक्काको मद्दतमा नटआउट ६१ रन बनाए। 

त्यसअघि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख ८-८ रनमा आउट भए। कप्तान रोहित पौडेलले रनआउट हुनुअघि १६ रन जोडे। टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णयसँगै पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन जोड्यो। 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार