काठमाडौं । आईसीसी टी–२० विश्वकप अघि दोश्रो वार्मअप खेलमा नेपालले क्यानडाविरुद्ध टस हारेर पहिला बलिङ गर्ने भएको छ ।
बिहीबार चेन्नईको एमए चिदाबरम स्टेडियममा नेपालले टस हारेर बलिङ गर्ने भएको हो । नेपालका कप्तानी दीपेन्द्र सिंह ऐरिले गर्दै छन् भने कप्तान रोहित विश्वकप तयारीकफ बारेमा बोल्न आईसीसीको प्रेस कन्फरेन्समा उपस्थित हुने छन् ।
नेपालले यसअघि पहिलो वार्मअप खेलमा युएईलाई ७ विकेटले हराएको थियो । यि वार्मअप खेलहरू विश्वकपको तयारी स्वरुप खेलिएका हुन् ।
नेपालले आउँदो आइतबार इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।