सोमवार, श्रावण २५ गते २०८३

२४ घण्टामा १२६८ संक्रमित थपिए, ९ जनाको मृत्यु

शनिवार , भाद्र १९, २०७८

काठमाडौं। शनिबार १ हजार २६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १०२४ र एन्टिजेन विधिबाट २४४ जनामा संक्रमण पुष्टि भएको हो। 

हालसम्म पीसीआर विधिबाट ७ लाख ६८ हजार २९५ जनामा र एन्टिजेन विधिबाट ८४ हजार ९३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै २४ घण्टामा २ हजार १९५ जना संक्रमणमुक्त भएका छन्। कूल संक्रमितमध्ये ७ लाख २५ हजार ६५१ जना निको भएका छन् । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।

शनिबार संक्रमणबाट थप ९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ। नेपालमा कोरोनाका कारण हालसम्म १० हजार ८१८ जनाले ज्यान गुमाएका छन्। देशभर हाल ३१ हजार ९२६ जना सक्रिय संक्रमित रहेका छन् ।

यसमध्ये २९ हजार ६५८ जना होमआइसोलेसनमा, २ हजार १६८ जना संस्थागत आइसोलेसनमा, ५५४ जना सघन उपचार कक्षमा र १७२ जना भेन्टिलेटरमा रहेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार