आइतवार, श्रावण २४ गते २०८३

टी–२० विश्वकप: आफ्नो पहिलो खेलमा नेपाल आज दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै

आइतवार , माघ २५, २०८२

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै आज दशौँ संस्करणको आइसीसी टी–२० विश्वकपको सुरुवात गर्दैछ। मुम्बइको वानखेडे क्रिकेट स्टेडियममा आइतबार दिउँसो सवा ३ बजे नेपाली टोली इङल्यान्डविरुद्ध मैदान उत्रँन लागेको हो। 

नेपालले समूह चरणका आफ्ना चार खेल वानखेडे स्टेडियममा नै खेल्नेछ। समग्रमा तेस्रो र लगातार दोस्रो पटक नेपालले विश्वकप खेल्न लागेको हो। 

अघिल्लो पटक विश्वकप खेलेका १० र नयाँ खेलाडीले यसपटकको विश्व कपमा नेपालको प्रतिनिधित्व गर्दैछन्। आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादव विश्वकपमा डेब्युको तयारीमा छन्। 

 

प्रतिक्रिया
सम्बन्धित समाचार