काठमाडौं । आईसीसी टी–२० विश्वकपमा इङल्यान्डविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले बलिङ गर्दै छ ।
मुम्बईको वानखेडे स्टेडियममा नेपालविरुद्ध इंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो ।
नेपाल र इंग्ल्यान्ड पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।