आइतवार, श्रावण २४ गते २०८३

अन्तिम ओभरमा ब्याटिङ समाल्न नसक्दा इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित

आइतवार , माघ २५, २०८२

काठमाडौं । नेपाल आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।

इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछाएको नेपालले निर्धरित २० ओभरमा ६ विकेट गुमाएर १८१ मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरिले ४४ रन बनाए। त्यस्तै, नेपालका ओपनर कुशल भुर्तेल २९ र अर्को ओपनर आसिफ शेख ७ रन बनाएर आउट भए । नेपालका कप्तान रोहित पौडेलले ३९ रन बनाए ।

आइतबार भारतको मुम्बईमा रहेको वानखडे क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जेकोब बेथलले अर्धशतक पारि खेले उनी ५५ रन बनाएर आउट भए । त्यस्तै, कप्तान ह्यरी ब्रूकले पनि नेपालविरुद्ध अर्ध शतक बनाए । उनले ३२ बलमा ५३ रन बनाउँदै आउट भए ।

नेपालको लागि दीपेन्द्र सिंह ऐरि र नन्दन यादवले समान २–२ विकेट लिदा शेर मल्ल, सन्दिप लामिछाने र करणा केसीले समान १–१ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार