आइतवार, श्रावण २४ गते २०८३

इंग्ल्याण्डविरूद्धको प्रदर्शन देखेर डेल स्टेन भन्छन् - नेपाललाई आवश्यक परे म सहयोग गर्न तयार छु

आइतवार , माघ २५, २०८२

काठमाडौँ । दक्षिण अफ्रिकाको सर्वकालिन महान् तीव्र गतिका बलर डेल स्टेनले नेपाललाई आवश्यक परेको बेलामा सहयोग गर्न तयार रहेको बताएका छन्।

आइतबार टी-२० विश्वकपमा इंग्ल्याण्डविरूद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि उनले सामाजिक सञ्जाल एक्समार्फत सहयोगको हात अघि बढाएका हुन्।

‘नेपाल, कुनै पनि बेला आवश्यक परेमा म सहयोग गर्न तयार छु,’ उनले लेखेका छन्। मुम्बईको वांखडे स्टेडियममा नेपालसामु इंग्ल्याण्डले १८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। लक्ष्य पछ्याउनेक्रममा नेपाल १८० रनमा सिमित भएको थियो। योसँगै नेपाल ५ रनको झिन अन्तरले पराजित बनेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार