काठमाडौं । दार्चुलाको शैल्यशिखरमा एक वृद्धा मृत फेला परेकी छिन् ।
शैल्यशिखर नगरपालिका–८ देवलकी ७१ वर्षीया लक्ष्मी जोशी मंगलबार (आज) बिहान आफ्नै घरआँगनमा मृत फेला परेकी हुन् । घरमा एक्लै बस्दै आएकी उनको शव शंकास्पद अवस्थामा भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । प्रहरी कार्यालयका अनुसार घरमा एक्लै बस्दै आउनु भएकी एकल महिला मृत फेला परेको खबर विहान ९ बजेतिर प्राप्त भएको थियो ।
खबर पाएपछि इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक निरज भाटको नेतृत्वमा टोली घट्नास्थलमा पुगेको छ । मृतक जोशीले लगाएका सुनका गरगहना लुटपाट भएको र घरभित्र रहेको बाकससमेत तोडफोड गरिएको पाइएको छ ।