काठमाडौँ । चुनाव नजिकिएसँगै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकै डराएका छन् । दिनहु्ँ ओलीको डर बढिरहेको छ । झापा ५ मा ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह चुनावी मैदानमा उत्रिएका छन् । पछिल्लो समय बालेनको पक्षमा माहोल तात्दै गएको छ ।
तर, यता ओलीले हारको स्वाद चाख्नु पर्ने अवस्था आउन नदिन निकै जुक्ति लगाइरहेका छन् । उनले कहिले चुनाव नै नहुने बताउँछन् भने चुनाव भए पनि धादली हुने जिकिर गर्न थालेका छन् । यसैबीच ओलीले बालुवाटारलाई पनि गुहार्ने प्रयत्न गरेका छन् । केही दिन अगाडि बालुवाटारमा प्रधानमन्त्री समक्ष ओलीले चार माग राखेका छन् ।
चुनाव एकै चरणमा हुनुपर्ने र कुनै कारण स्थगित हुँदा वा दोर्होयाएर चुनाव गर्नुपर्ने अवस्था आउँदा एउटा चुनाव र अर्को चुनावको बीचमा ग्याप धेरै नहुनुपर्ने ओलीको पहिलो माग हो । मतदान सम्पन्न हुना साथ तत्कालै मतगणना हुनुपर्ने ओलीको दोस्रो माग छ । त्यस्तै मतदानस्थलको सुरक्षामा जोड दिनुपर्ने ओलीले तेस्रो माग राखेका छन् । नेपाली सेनालाई निर्वाचनको अग्रभागमा नराखि ब्याक फोर्समा रार्खुपर्ने ओलीको चौथो माग हो ।
जवाफमा प्रधानमन्त्री कार्कीले कतैबाट पनि प्रश्न नउठ्ने गरी स्वतन्त्र, भयरहित, निष्पक्ष वातावरणमा चुनाव हुने बताएकी थिइन् । फागुन २१ गते देशभर १६५ वटा क्षेत्रमा निर्वाचन हुँदैछ । १६५ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी झापा ५ को चर्चा भइरहेको छ । यस क्षेत्रबाट ओली र बालेनमध्ये कसले जित हात पार्ला ? चासोको विषय बनेको छ ।