आइतवार, श्रावण २४ गते २०८३

आईसीसी टी–२० विश्वकप : आज नेपाल र इटली भिड्दै

बिहिवार , माघ २९, २०८२

काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज इटलीसँग खेल्दै छ । समूह ‘सी’ अन्तर्गत नेपाल र इटलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईको वाङ्खेडे स्टेडियममा हुनेछ ।

१३ वर्षपछि इटलीसँग खेल्दा नेपाल १२ वर्षपछि जितको खोजीमा पनि हुनेछ । दुवै देशले प्रतियोगिताको दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको थियो। इटाली स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो।

दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएकाले सुपर-८ मा पुग्न यो खेल जित्नैपर्ने दबाबमा छन्। यस्तै आज बिहान ११ः१५ मा ओमानले सहआयोजक श्रीलंकासँग भिड्ने छ भने साँझ ७ः१५ मा नामिबियाले सहआयोजक भारतको सामना गर्नेछ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार