आइतवार, श्रावण २४ गते २०८३

इटालीले टस जित्दै नेपाललाई दियो ब्याटिङको निम्तो

बिहिवार , माघ २९, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा इटालीविरुद्ध नेपाली टोलीले पहिले ब्याटिङ गर्ने भएको छ ।

मुम्बइको वानखेडे स्टेडियममा इटालीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो । नेपालले इटालीविरुद्धको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । शेर मल्लको स्थानमा ललित राजवंशी प्लेइङ ११ मा आएका छन् । ललित विश्वकपमा डेब्यु गर्न लागेका हुन् ।

वानखेडे स्टेडियमको पिच सामान्यतया ब्याटिङका लागि अनुकूल मानिन्छ । नेपालले आजको खेलमा उच्च स्कोर खडा गर्दै इटालीलाई दबाबमा राख्ने रणनीतिसहित मैदान उत्रिनेछ ।

खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुँदैछ । पहिलो खेलमा नेपाल इङ्ल्यान्डसॅंग ४ रनले पराजित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार