काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा नेपालले इटालीलाई जितका लागि १२४ रनको लक्ष्य दिएको छ ।
मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ओभरमा सबै विकेट गुमाउँदै १२३ रन मात्र जोड्न सक्यो । नेपालले सुरुवातमा आक्रामक ब्याटिङ गरे पनि मध्य र अन्त्यतिर लगातार विकेट गुमाउँदा विशाल स्कोर बनाउन सकेन ।
एक समय ९३ रन जोड्दा मात्र ३ विकेट गुमाएको बलियो स्थितिमा रहेको नेपालले त्यसपछिको ९ रन जोड्दा थप ५ विकेट गुमाएपछि इनिङ्स धरासायी बनेको थियो ।