आइतवार, श्रावण २४ गते २०८३

मोस्का दाजुभाइले दिलाए इटलीलाई ऐतिहासिक जित, नेपालको दोस्रो हार

बिहिवार , माघ २९, २०८२

काठमाडौं । नेपालले इटलीसँग विश्वकपमा लज्जास्पद हार व्यहोरेको छ । इटलीका ओपनरद्वय मोस्का दाजुभाइले अविजित साझेदारी गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपमा लगातार दोस्रो हार व्यहोरेको छ ।
 
बिहीबार भएको समूह चरणको दोस्रो खेलमा नेपाललाई १० विकेटले पराजित गरेपछि इटलीले विश्वकपमा कीर्तिमानी जित हात पारेको हो । लगातार दोस्रो हारसँगै नेपालको सुपर ८ पुग्ने सम्भावना लगभग सकिएको छ । विश्वकपमा डेब्यु गरेको इटलीले भने पहिलो जित दर्ता गरेको छ ।नेपालमाथिको जितसँगै इटलीको सुपर ८ पुग्ने सम्भावना कायम रहेको छ ।

बलिङतर्फ ललित राजवंशीले १ ओभरमा १९ रन खर्चिए । दीपेन्द्र सिंह ऐरीले ३.४ ओभरमा २४ रन दिए । करण केसीले २ ओभरमा २१ रन खर्चे । सन्दीप लामिछानेले ३ ओभरमा ३१ रन दिए । नन्दन यादवले १ ओभरमा १२ र कुशल भुर्तेलले २ ओभरमा १५ रन खर्चे । नेपालले दिएको १ सय २४ रनको सामान्य लक्ष्य इटलीले ४४ बल अगावै बिना विकेटको क्षतिमा भेट्टायो । पहिलो विकेटका लागि इटलीका जस्टीन मोस्का र एन्थोनी मोस्काले १ सय २४ रनको अविजित साझेदारी गरे । जस्टीन ६० बलमा ५ चौका र ३ छक्का सहयोगमा ६० रनमा नटआउट रहे ।

एन्थोनी ३२ बलमा ३ चौका र ६ छक्का सहयोगमा ६२ रनमा नटआउट रहेत्यसअघि मुम्बइको वानखेडे स्टेडियममा इटलीले टस जितेर फिल्डिङ रोजपछि ब्याटिङ गरेको नेपाली टोली ३ बल अगावै १ सय २३ रनमा अलआउट भयो । आरिफ शेखले बनाएको २७ रन नै नेपालका लागि सर्वाधिक रह्यो । उनले २४ बलमा ३ चौका सहयोगमा २७ रन बनाउँदा जेजे स्मुथको बलमा क्याच आउट नै भए । करण केसी १८ रनमा अविजित रहे ।

दीपेन्द्र सिंह ऐरीले १८ बलमा १७ रन, आशिफ शेखले २० बलमा २ चौका सहयोगमा २० रन, रोहित पौडेल २३ रनमा क्याच आउट भए । उनले १४ बलमा २ छक्का प्रहार गरेका थिए । कुशल भुर्तेल ५ रन बनाए । सन्दीप लामिछाने ५ रनमा क्याच आउट भए । लोकेश बम र गुल्सन झा समान ३ रन बनाउँदा क्याच आउट नै भए । नन्दन यादव र ललित राजवंशी शुन्य रनमा नै रनआउट भए ।

लगातार दोस्रो हारसँगै नेपाली टोली अंकविहीन रुपमा समूह सीको पुछारमा झरेको छ । दुई खेलमा एक जित र एक हार भोगेको इटली २ अंकमा तालिकाको चौथो स्थानमा उक्लेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार