काठमाडौँ । फागुन २१ गतेको निर्वाचनमा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच महाभिडन्त हुने देखिन्छ ।
पछिल्लो समय रास्वपा र कांग्रेसको क्रेज बढ्दै गएको छ । एकथरिले परिवर्तनका लागि रास्वपालाई भोट दिएर बालेन शाहलाई प्रधानमन्त्री बनाउनु पर्ने मत राखिरहेका छन् । भने अर्को थरिले सुर्धिएको कांग्रेसलाई भोट दिएर गगन थापालाई प्रधानमन्त्री बनाउनु पर्ने धारणा राखिरहेका छन् ।
अहिलेको कांग्रेस पहिलाको बुढो जस्तो छैन । पुस ३० गते पार्टीभित्र विद्रोह गर्दै गगन थापाले कांग्रेसको नेतृत्व हाँकिरहेका छन् । उनले पार्टीमा निकै सुधार पनि ल्याइरहेका छन् । शेरबहादुर देउवा र उनकी पत्नी आरजुको कुर्कमले बदनाम भएको कांग्रेस अहिले सहि बाटोमा डोहोरिदैँछ ।
बालेनभन्दा उपयुक्त पात्र गगन थापा भएकाले गगनलाई प्रधानमन्त्री बनाउनु पर्ने मत बहिलो बन्दै गएको छ । गगनले लोकतान्त्रिक समाजवाद भन्ने धारणा खुलेर बोकेका छन् । संविधान, संघीयता, समावेशिता, सामाजिक न्याय, राज्यको भूमिका जस्ता विषयमा उनको धारणा लामो समयदेखि एउटै लाइनमा छ ।
संसद, पार्टी र सार्वजनिक बहसमा निरन्तर नीतिगत कुरा उठाउँदै आएका छन् । भाषण, अन्तर्वार्ता र बहसमा नीतिगत तर्क, इतिहास र सिद्धान्त प्रयोग गर्छन् । शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, शासन प्रणाली जस्ता विषयमा संरचित विचार राख्छन् । गगन लोकतन्त्रका लागि लडेर स्थापित भएका नेता हुन् । भने बालेन शाह सामाजिक सञ्जालको चर्चाले उचाइमा पुगेका नेता हुन् । गगनले जनताको प्रश्नको सामना गर्छन भने बालेन प्रश्नबाट भाग्ने गरेका छन् ।
त्यसैले एकथरिले गगनलाई प्रधानमन्त्री बनाउनु पर्ने माग राखेका हुन् । यता फेरि प्रधानमन्त्री बन्न तम्सिएका एमाले अध्यक्ष केपी शर्मा ओलीको गफले भने यस निर्वाचनमा काम गर्ने सम्भावना कम देखिन्छ ।
ओलीको क्रेज घट्दै गएको देखिन्छ । अब बालेन र गगनमध्ये एक जना भावि प्रधानमन्त्री बन्नेमा कुनै दुई मत नभएको एकथरिको टिप्पणी छ । भावि प्रधानमन्त्री को बन्छ ? यसबारे चुनावको नतिजाले तय गर्नेछ । तर, गगन थापाको पक्षमा माहोल भने तात्दै गएको छ ।