काठमाडौँ । आईसीसी पुरुष टी– २० विश्वकपको बहुप्रतिक्षित खेलमा आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’ अन्तर्गतको खेल कोलम्बोस्थित आर प्रेमादास रंगशालामा नेपाली समय अनुसार राति ७ः १५ मा सुरु हुनेछ ।
यसअघि पाकिस्तानले भारतसँगको खेल बहिष्कार गर्ने निर्णय लिएको थियो । तर, आईसीसी र अन्य देशका क्रिकेट बोर्डको अनुरोधमा पाकिस्तान खेल्न तयार भएको हो ।
जारी प्रतियोगितामा भारत र पाकिस्तान दुवैले आफ्नो सुरुवाती २ खेलमा जित दर्ता गरेका छन् । यसअघि भारतले अमेरिका र नामिबिया तथा पाकिस्तानले नेदरल्यान्ड्स र अमेरिकालाई पराजित गरेका थिए ।
सूर्यकुमार यादवको कप्तानीमा रहेको भारत, इशान किशन, हार्दिक पाण्डेया, वरुण चक्रवर्ती, अर्शदिप सिंहजस्ता खेलाडीका साथ मैदान उत्रने छ ।
यता, सलमान आगाको कप्तानीमा रहेको पाकिस्तानलाई शाहिबजादा फरहान, बाबर आजम, उस्मान तारिक शाहि शाह अफ्रिदी जस्ता खेलाडीले साथ दिनेछन् ।