काठमाडौँ । चुनाव आउन अब जम्मा १८ दिन मात्रै बाँकी छ । तर, अबको १५ दिनमा नेपालको राजनीतिक वृतमा उलटफेर हुने संकेत देखिएको छ । प्रमुख तीन राजनीतिक दलले नयाँ समीकरणका लागि छलफल अघि बढाएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एउटा महत्वपूर्ण भेटघाट गरेको खुलेको छ । यो गोप्य भेटघाट मात्र नभइ नेपालको राजनीतिमा नयाँ समिकरण बन्ने कसरत थियो । यदी फागुन २१ गते हुने चुनावमा एक्लाएक्लै गए धक्का लाग्नसक्ने ओली र प्रचण्डको निष्कर्ष छ ।
त्यसैले सर्वोच्च अदालतलाई संसद पुर्नस्थापनाका लागि दबाब दिने उनीहरुको पहिलो रणनीति हो । यदि फागुन २१ गते अगाडि नै संसद पूर्नस्थापना भएको खण्डमा पुराना दलको सरकार बन्नेछ । सर्वोच्चले फैसला नगरेपछि तीनै दल एक ठाउँमा आएर चुनावमा जाने ओली, प्रचण्ड र देउवाको निर्णय छ ।
ओली र देउवासँगको भोप्य छलफलपछि प्रचण्डले अबको १५ दिनमा उलटफेर हुने बताएका छन् । त्यस्तै उनले अहिले राष्ट्रमा आएको संकट समाधानका लागि निम्ति सबै राष्ट्रिय शक्ति एक हुनुपर्ने बताएका छन् । अहिले देशको परिस्थिति नयाँ बनेको भन्दै प्रचण्डले भने, ‘जेनजी आन्दोलन र त्यसपछिको विध्वंस जे भयो, त्यसले राष्ट्र निकै अप्ठ्यारोमा छ । सबै शक्ति एक हुन जुरुरी छ।’
प्रचण्ड, ओली र देउवा एक ठाउँमा आएको खण्डमा रास्वपालाई भने ठुलै झट्का लाग्नेछ ।