आइतवार, श्रावण २४ गते २०८३

पैदलयात्रीलाई कुट्ने कार चालकको खोजी कार्य सुरु

मंगलवार , फाल्गुण ५, २०८२

काठमाडौं । पैदलयात्रीलाई मुक्का हान्ने कार चालकलाई प्रहरीले खोज्न सुरु गरेको छ ।

सामाजिक सञ्जालमा एक कार चालकले पैदलयात्रीलाई कुटेको भिडियो भाइरल बनेपछि प्रहरीले खोजी सुरु गरेको हो । सार्वजनिक भएको भिडियामो साझा यातायातको बस समेत देखिएकाले यो भिडियो काठमाडौं उपत्यकाकै रहेको अनुमान गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले उक्त भिडियो प्राप्त भइसकेकाले कुट्ने व्यक्तिको खोजी सुरु गरिएको जनाएको छ ।

एक जना प्रहरीले भने, ‘भिडियो हामीलाई प्राप्त भएको छ । हामीले कार र व्यक्ति पहिचानका लागि अनुसन्धान अघि बढाइसकेका छौं । कारबाहीको दायरामा ल्याउँछौं ।’

कारबाट झरेका व्यक्तिले गाली गर्दै पिटेको देखिन्छ । त्यसपछि अर्को एक महिला आएर पनि गाली गरेको भिडियोमा सुनिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार