आइतवार, श्रावण २४ गते २०८३

युनुसले भारतका ७ राज्य र नेपाल, भुटानलाई एउटै कित्तामा राखेपछि दिल्ली सशंकित

बुधवार , फाल्गुण ६, २०८२

काडमाडौँ । फेरि एकपटक भारत र बंगलादेशबीको विवाद उत्कर्षमा पुगेको छ ।

२०२४ अगष्टमा भएको जेनजी आन्दोलनपछि बंगलादेशको अन्तरिम सरकारका प्रमुख बनेका मोहम्मद युनुसले आफ्नो १८ महिने कार्यकाल पूरा गरी पदत्याग गर्ने क्रममा मंगलबार भारतलाई सशंकित बनाउने अभिव्यक्ति दिए ।

जसरी भारतले नेपालको भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भएको दाबी गर्छ हो त्यसरी नै युुनुसले पनि भारतका उत्तरपूर्वी सात राज्य (सेभेन सिस्टर्स) लाई बंगलादेशको भएको दाबी गरेका हुन् ।

राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै उनले भारतका उत्तरपूर्वी सात राज्यलाई नेपाल र भुटानजस्ता सार्वभौम मुलुकसँगै एउटै आर्थिक डालोमा राखेर हेर्नुपर्ने बताएका हुन् । भारतका राज्यहरूलाई स्वतन्त्र राष्ट्रहरू नेपाल र भुटानसँग एउटै डालोमा राखेर प्रस्तुत गरेपछि दिल्ली तरंगित बनेको छ ।

के हो सेभेन सिस्टर्स ?

भारतका उत्तरपूर्वी सात राज्यहरू-अरुणाञ्चल प्रदेश, आसाम, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड र त्रिपुरालाई सामूहिक रूपमा (सेभेन सिस्टर्स) भनिन्छ। यी प्रदेशहरू भौगोलिक रूपमा बंगलादेश, नेपाल र भुटानसँग नजिक पर्छन । भारतले यी सात राज्यलाई सुरक्षादृष्टिकोणले निकै संवेदनशिलताका हिसावले हेर्छ ।

तर, उता बंगलादेशल यी सात राज्य भारतको नभइ आफ्नो भएको दाबी गर्छ । युनुसले बंगलादेशको वैदेशिक नीति भातको दबाबमा नरहेको दाबी गर्दै नेपाल, भुटान र सेभेन सिस्टर्ससँग आर्थिक समृद्धिको ढोका खोल्नुपर्ने बताएपछि भारत निकै आक्रोशित बनेको छ ।

जेनजी आन्दोलनले शेख हसिनाको सरकार उलटफेर भए यता बंगलादेश र भारतको सम्बन्ध चिसिएको छ । हसिना अहिले भारतमै छिन् । बंगलादेशले हसिनालाई फिर्ता पठाउन पटक पटक माग गरेको छ । तर, भारतले वास्ता गरेको छैन । बंगलादेशको सरकार प्रमुख हसिना हुँदा भारत र बंगलादेशको सम्बन्ध निकै मजबुद थियो । तर, सरकार उलटफेर भएपछि बंगलादेश र भारतको चिसिएको सम्बन्धमा झन विवाद उत्कर्षमा पुगेको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार