आइतवार, श्रावण २४ गते २०८३

अफगानको पन्जशिर उपत्यका नियन्त्रणमा लिएको तालिबानको दाबी, विद्रोही भन्छन्, ‘सत्य होइन’ !

सोमवार , भाद्र २१, २०७८

काठमाडौं। यसअघि राजधानी काबुल कब्जा कर्दासमेत तालिबानको पक्कड बाहिर रहेको एक मात्रै उपत्यका पन्जशिर प्रान्तपनि कब्जामा लिएको तालिबानले दाबी गरेको छ। पछिल्लो समय पञ्जशिरमा आफ्नो कब्जा जमाउन निरन्तर हमला गरिरहेको तालिबानले पञ्जशिर उपत्यका पूर्ण रुपमा आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको बीबीसीले जनाएको छ।

राजधानी काबुलबाट उत्तरमा अवस्थित उक्त प्रान्तमा तालिबान शासनको प्रतिरोध हुँदै आएको छ। केही दिनदेखि त्यहाँ लडाइँ भइरहेको बताइन्छ। “यो विजयसँगै हाम्रो देशलाई पूर्णत: युद्धको दलदलबाट निकालिएको छ,“ तालिबानका एक प्रवक्ताले भनेको समाचारमा जनाइएको छ। 

तर तालिबानको प्रतिरोध गरिरहेको न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरफ) ले तालिबानको दाबीको खण्डन गरेको छ। सो समुहले तालिबानको यो दाबी सत्य नभएको बताएको छ। उसले भनेको छ, “यो सत्य हैन। तालिबानले पन्जशिर उपत्यकालाई नियन्त्रणमा लिएका छैनन्। म तालिबानको दाबीको खण्डन गर्छु,“ एनआरएफका प्रवक्ता अलि मैसमले बीबीसीसँग भनेको उल्लेख गरिएको छ। 

उक्त समूहको ट्विटरमा भनिएको छ: ’’एनआरएफका सैनिकहरू युद्धलाई निरन्तरता दिन उपत्यकाका सबै रणनीतिक स्थानमा छन्। हामी अफगनिस्तानका जनतालाई आश्वस्त पार्न चाहन्छौँ कि न्याय र स्वतन्त्रता कायम नभएसम्म तालिबान र तिनका साझेदारविरुद्धको सङ्घर्ष जारी रहन्छ।“ सामाजिक सञ्जालमा प्रेषित तस्बिरमा प्रान्तीय गभर्नरको कार्यालयको द्वारअगाडि तालिबान लडाकुहरूलाई देखाइएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार