बुधवार, आश्विन १४ गते २०८३

बानेश्वरको एभरेस्ट होटलबाट एमालेले गर्यो चुनावी घोषणापत्र सार्वजनिक

बिहिवार , फाल्गुण ७, २०८२

काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एभरेस्ट होटल बानेश्वरमा आयोजित कार्यक्रमबाट अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

एमालेले यसपटक ४० वर्षमुनिका युवा तथा महिला उम्मेदवारलाई मञ्चमा राखेर घोषणापत्र सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रममा पार्टीका पदाधिकारीसहित शीर्ष नेताहरू पनि सहभागी छन् । कार्यक्रममा सर्लाही ४ का अमेरशकुमार यादव, काभ्रे १ का अमित तामाङ, ओखलढुङ्गाकी अस्मिता थापा, सोलुखुम्बुकी कल्पना राई, ताप्लेजुङका क्षितिज थेबे, मकवानपुर १ का महेश बर्तौलालगायत उम्मेदवार सहभागी भएका छन् ।

घोषणापत्र सार्वजनिक कार्यक्रम अहिले जारी छ । कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशलाई प्रयोगशाला बनाउन खोजिएको जिकिर गरेका छन् । अध्यक्ष ओलीले भने, ‘भत्काउने र बनाउने दुई सोचबीचको द्वन्द्वका बीच देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ ।’ उनले भदौ २३ र २४ गतेको आन्दोलनपछि अनिश्चिता छाएको बताएका छन् । उनले जेनजी आन्दोलनपछि स्वाधिनता र स्वाभिमानमाथि आक्रमण भइरहेको आरोप लगाएका छन् ।

प्रजातन्त्र दिवसको अवसर पारेर एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार