काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कानुनहरू संशोधन गरेनौँ भने एनआरएनएले पाउने सेवा नपाउने बताएका छन् ।
सभापति थापाले चुनावी प्रतिज्ञापत्रबारे जानकारी गराउँदै एक पटकको नेपाली सधैँको नेपाली हुने बताएका हुन् । उनले भने, ‘एक पटकको नेपाली सधैँको नेपाली । कहाँ के संसोधन गर्ने हो गर्छौँ । कानुनहरू संशोधन गरेनौँ भने एनआरएनएले पाउने सेवा पाउँदैन् ।’
उनले थपे, ‘पैत्रिक सम्पत्तिको कारोबार, विदेशमा रहेर पनि मताधिकार पाउने, ब्रिटिस गोरखाको विषयमा हामी सँगै लड्ने, दोहोरो करको विषयमा सम्बन्धित देशसँग कुरा गर्ने ।’
कांग्रेसले आफ्नो चुनावी घोषणा पत्रमा गैरआवसीय नेपालीबारे धारणा सार्वजनिक गरेको हो ।