शनिवार, कार्तिक ८ गते २०८३

यातायात कार्यालयमा आर्टिष्ट संघको आन्दोलन किन ?

सोमवार , भाद्र २१, २०७८

काठमाडौं। नेपाल कमर्शियल आर्टिष्ट संघले एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयअगाडि सोमबार प्रदर्शन गरेको छ। नेपालमा सावरी साधनमा इम्बोस्ड नम्बर प्लेट लागु गर्ने सरकारको तयारी विरुद्ध उनिहरु आन्दोलनमा उत्रिएका हुन् । उनिहरुले सवारीमा इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गरेका छन्। 

आर्टिष्टहरुको रोजगारी गुम्ने र इम्बोस्ट नम्बर प्लेट प्रयोग गर्दा नेपालको डाटा विदेश जाने भएकाले आफूहरू विरोधमा उत्रिएको संघले जनाएको छ। आन्दोलनमा सार्वजनिक बस, माइक्रोबस, टेम्पो, ट्याक्सी, हल्का सवारी र पर्यटन यातायात व्यदवसायीहरूको पनि उपस्थिति थियो।

उनीहरूले सडक ऐन लागू गर्नुपर्ने, २० वर्षे सवारी साधनको म्याद थप गर्नुपर्ने, वैज्ञानिक भाडादर लागू हुनुपर्ने, व्यावसायीमुखी बिमा नीति लागू गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीले भाडामा यात्रु बोक्न नपाइने नियम लागू गर्नुपर्ने लगायतका मागहरू पनि राखेका छन्।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार