बुधवार, आश्विन १४ गते २०८३

अहिले घण्टी बजाइदिनुस् ५ वर्षपछि केही गर्न सकेनौँ भने त्यही घण्टीले हामीलाई बजाइदिनुस् : लामिछाने

बिहिवार , फाल्गुण ७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले तपाईंले घण्टी बजाउनुहोस् ५ वर्षपछि केही गर्न सकेनौँ भने राजनीतिक रुपमा त्यही घण्टीले हामीलाई बजाउन आग्रह गरेका छन् ।

कर्णालीको वीरेन्द्रनगरमा चुनावी बाचापत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले रास्वपाका सबै उम्मेदवारलाई जिताउन आग्रह गर्दै भने, ‘अहिले तपाईंले घण्टी बजाउनुहोस् ५ वर्षपछि केही गर्न सकेनौँ भने राजनीतिक रुपमा त्यही घण्टीले हामीलाई बजाइदिनुस् ।’

उनले गरिबको बस्तीमा डोजर चलाउँछन् भनेर भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् । उनले गरिबको बस्तीमा नभई भ्रष्टाचारीको महलमा डोजर चलाइने बताएका हुन् । उनले भने, ‘कतिपय मान्छेलाई तर्साउने काम भइरहेको छ । बस्तीमा डोजर चल्छ भनिएको छ ।’

उनले थपे, ‘गरिबको बस्तीले चिन्ता गर्नुपर्दैन डोजर चल्यो भने भ्रष्टाचारीको महलमा चलाउँछौँ । हामी गरिबको व्यवस्थापन गर्छौँ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार