आइतवार, श्रावण २४ गते २०८३

यौन प्रकरणमा मुछिएका बेलायती राजाका भाइ पक्राउ

बिहिवार , फाल्गुण ७, २०८२

काठमाडौँ । बेलायतका राजा चार्ल्स त्रितियका भाइ एन्ड्रयू माउन्टब्याटन(विन्डसर पक्राउ परेका छन्। सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा एन्ड्रयूलाई प्रहरीले पक्राउ गरेको हो ।

थेम्स भ्याली प्रहरीले यौन अपराधी जेफरी एपस्टीनसँग गोप्य जानकारी सेयर गरेको आरोपमा एन्ड्रयुलाई पक्राउ गरेको बीबीसीले जनाएको छ । बिहीबार  इङ्ल्यान्डको नर्फोकस्थित स्यान्ड्रिङ्घम एस्टेटमा प्रहरी गाडीहरू पुगेका तस्बिरहरू सार्वजनिक गरेको हो ।

वेलायती महारानी एलिजावेथ द्वितियाका चार सन्तान छन्। जेठो छोरा चार्ल्स त्रितिय अहिले राजा छन्। छोरी एन राजकुमारी हुन्। अहिले पक्राउ परेका एन्ड्रयू तेस्रो सन्तान हुन्। उनका एक जना भाइ पनि छन्। उनले ‘राजकुमार’को उपाधि भने गत वर्ष नै गुमाइसकेका छन् । उनको आफ्नो दरबार ‘रोयल लज’बाट निकाला गरिएको थियो।

एन्ड्रयूले कुनै पनि गलत काममा संलग्न रहेको कुरालाई निरन्तर अस्वीकार गर्दै आएका छन्। बेलायतको आधुनिक इतिहासमा राजकुमार पक्राउ परेको यो पहिलो पटक हो।

अमेरिका, युरोप र एशियाका समेत शक्तिशाली व्यक्तिहरू मुछिएका यौन अपराधी जेफ्री एपस्टिनसँगको सम्बन्धलाई लिएर उनीमाथि थुप्रै आरोपहरू लागेका छन्।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार