काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै माइक्रोबस दुर्घटनामा परेको छ ।
गति अनियन्त्रित भएर शुक्रबार माइक्रोबस पल्टिँदा १५ जना घाइते भएका छन् । मुग्लिन प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।