आइतवार, श्रावण २४ गते २०८३

टी-२० विश्वकप : सुपर-८ मा आज दुई खेल

आइतवार , फाल्गुण १०, २०८२

काठमाडौँ । आइसिसी टी-२० विश्वकप क्रिकेटमा सुपर-८ का खेलहरू हुँदैछ। शनिबारदेखि नै सुपर-८ का खेलहरू सुरू भएका थिए। वर्षाका कारण पाकिस्तान र न्युजिल्याण्डबीच खेल रद्द भयो।

आइतबार समूह 'ए'  र 'बी' का एक-एक खेल हुनेछन्। पहिलो खेल इंग्ल्याण्ड र श्रीलंकाबीच हुनेछ। खेल कोलम्बोको पल्लेकेले स्टेडियममा दिउँसो सवा ३ बजे हुनेछ।

पछिल्लो पाँच खेलमा इंग्ल्याण्डले श्रीलंकालाई लगातार हराएको छ। अघिल्लो महिना इंग्लिस टोलीले श्रीलंका भ्रमण गरेको थियो। त्यतिबेला तीनै खेल इंग्ल्याण्डले जितेको थियो। त्यसअघिका २ भेटमा पनि श्रीलंकालाई इंग्ल्याण्डले पराजित गरेको छ।

दोस्रो खेल बेलुकी सवा ७ बजे भारत र दक्षिण अफ्रिकाबीच हुनेछ। दुई देशबीच पछिल्लो पाँच भेटमा भारतले ३ खेल जितेको छ। दक्षिण अफ्रिकाले एक खेल मात्रै जितेको छ भने एक खेल रद्द भएको छ। दुई देशबीच अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेल हुनेछ।

 
 

प्रतिक्रिया
सम्बन्धित समाचार