काठमाडौं। एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला जलाएको छ। भारतविरुद्ध प्रदर्शन गरिएको भन्दै गृह मन्त्रालयले विज्ञप्ति निकालेर आपत्ति जनाएपछि विद्यार्थीहरुले गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन गरेका हुन्।
अनेरास्ववियूले दार्चुला घटनाको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको थियो। तर गृह मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर छिमेकी देशको प्रधानमन्त्रीविरुद्ध प्रदर्शन नगर्न चेतावनी दिएको थियो। अनेरास्ववियूले मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको बाहिर गृहमन्त्रीको पुत्ला दहनसहित प्रदर्शन गरेको हो।