काठमाडौं । सोमबार १ हजार ८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गरी १ हजार ८९७ जनामा कोरोना भाइरस संक्रमण देखिएकोे हो।
हालसम्म संक्रमित मध्ये ७ लाख २८ हजार ९२८ जना संक्रमणमुक्त भएका छन्। सोमबार १ हजार ७४३ जना निको भए। सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७० हजार ७७९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ जना रहेका छन् । जसमध्ये २८ हजार ९११ जना होम आइसोलेसनमा रहेका छन् भने २ ६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थगत आइसोलेसनमा रहेकामध्ये ५१२ जना आईसीयू र १६३ जना भेन्टिलेटरमा उपचाररत छन् ।