बुधवार, आश्विन १४ गते २०८३

पर्सामा कर्फ्यु हटाएर निषेधाज्ञा जारी

सोमवार , फाल्गुण ११, २०८२

काठमाडौं । पर्सामा कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको छ । सोमबारको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अपराह्न साढे ४ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश हटाइएको हो ।

परिस्थिति पूर्ण रूपमा सामान्य नभएकाले वर्तमान अवस्था समेतलाई मध्यनजर गरी वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा बेलुकी ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

634307897_806198161763904_2319476327515956672_n (2)

उक्त आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने छ । आइतबार साँझ हिन्दु र मुस्लिम समुदायकोबिचमा झडपपछि प्रमुख जिल्ला अधिकारी भोला दाहालले कर्फ्यु आदेश जारी गरेका थिए ।

निषेधाज्ञा लगाइएको क्षेत्र पूर्वः बाईपास रोड, पश्चिम रानीघाट पुल, उत्तरःपावरहाउस चोक, दक्षिणः घण्टाघर चोक रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार