बुधवार, आश्विन १४ गते २०८३

इटहरीमा रास्वपाले आज कोशी प्रदेशस्तरीय सभा गर्ने

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सुनसरीको इटहरीमा कोशी प्रदेशस्तरीय सभा गर्ने भएको छ ।

सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने तालिका छ । सभालाई सम्बोधन गर्न लामिछाने झापा हुँदै इटहरी आउने कार्यक्रम तय भएको छ । उनी चन्द्रगढी एयरपोर्टमा उत्रिएर झापाका विभिन्न ठाउँमा चुनावी सभालाई सम्बोधन गर्दै इटहरी आउने रास्वपा सचिवालयले जनाएको छ ।

लामिछानेको सचिवालयले सार्वजनिक गरेको तालिकाअनुसार उनी मंगलबार बिहान ८ बजे चन्द्रगढी विमास्थल पुग्नेछन् । त्यसैगरी मंगलबार काँकडभिट्टा,  धुलाबारीरोड, बिर्तामोड, सुरुंगा चोक हुँदै ११ बजे दमक पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार