आइतवार, श्रावण २४ गते २०८३

सुनिल पौडेलको सिंगापुरको बैंक खाताको विवरण झिकाउन विशेष अदालतको आदेश

भ्रष्टाचार मुद्दामा कारागारमा

मंगलवार , फाल्गुण १२, २०८२

शैली समाचारदाता
काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलको सिंगापुरको बैंक खाताको विवरण झिकाउन विशेष अदालतले आदेश दिएको छ। 

भ्रष्टाचार मुद्दामा कारागारमा रहेका पौडेलविरुद्धको गैरकानुनी आर्जन सम्बन्धी मुद्दामा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले मंगलबार उक्त बैंकको खाता विवरण झिकाउन आदेश दिएको हो।

यसअघि पनि कानुन मन्त्रालयमार्फत यस्तो विवरण बुझाउन भने पनि सिंगापुर सरकारसँग पारस्पारिक कानुनी सहायता सन्धि नहुँदा सरकारले विवरण झिकाउन सकेको छैन ।

त्यस्तै,नेपाल राष्ट्र बैंकमार्फत सो बैंकमा रहेको रकमको विवरण नेपाल राष्ट्र बैंकमार्फत सिंगापुरको केन्द्रीय बैंकसँग सहयोग र समन्वय गरी यथाशक्य छिटो झिकाउन आदेश दिएको छ।

२०८१ वैशाख ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै २३ करोड ७५ लाख ४६ हजार रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो । 

अख्तियारले सुनिलका दाजु अनिल पौडेलविरुद्ध पनि सम्पत्ति जफतको माग राखेर मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार