काठमाडौं । मुलुककै सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयमा पढाई हुने चिकित्शा र इन्जिनियरिङ विषयको पढाई विश्वमै उत्कृष्ठ ठहरिएको छ ।
साथै, विश्वका प्रतिष्ठित विश्वविद्यालयको बरियतामा विश्वविद्यालयले पनि सामान्य सुधार गरेको छ ।
विश्वविद्यालयले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार टाइम्स हाइअर एजुकेसनको बरियतामा त्रिवि एक हजार पाँच सय वटा विश्वविद्यालयको सूचिभित्र परेको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गत वर्ष (सन् २०२५) मा पनि त्रिविको बरियता यहि नै थियो ।
तर सन् २०२६ मा त्रिविले २३ दशमलव ५२ प्रतिशत अङ्क प्राप्त गरेको छ । गत वर्ष २३ दशमलव २ प्रतिशत मात्रै प्राप्त गरेको थियो । टाइम्स हाइअर एजुकेसन विश्वमा विश्वविद्यालयहरुको बरियता निर्धारण गर्दै आएको प्रतिष्ठित संस्था हो । यस संस्थाले तोकेको बरियताको आधारमा विश्वका कुन विश्वविद्यालयको स्तर कस्तो रहेको छ भन्ने जानकारी लिने गरिन्छ ।
यस संस्थाले विश्वविद्यालयको बरियता निर्धारण गर्दा शिक्षण, अनुसन्धानको स्तर, अनुसन्धान गर्ने वातावरण र लगानी लगायतलाई आधार मान्ने गर्दछ । जसमध्ये सबैभन्दा धेरै अङ्क अनुसन्धानलाई दिने गरिन्छ ।
पत्रकार सम्मेलनमा त्रिविका उपकुलपति प्राडा दीपक अर्यालले त्रिविलाई हाल राखिएको बरियता भन्दा धेरै माथिल्लो स्तरमा राख्न सकिने प्रशस्तै आधारहरु भएपनि यहाँका प्राविधिक समस्याका कारण त्यस्तो नभएको बताउनुभयो ।
उहाँका अनुसार टाइम्स हाइअर एजुकेसनले विश्वविद्यालयको वेभसाइट लगायत अनलाइन माध्यमबाट खोजिएका सामग्रीको आधारमा बरियता तोक्ने गर्दछ । तर त्रिविले अनुसन्धान गरेको थुप्रै जर्नलहरु अनलाइनमा उपलब्ध नहुने तथा त्रिविका प्राध्यापक र यसका सम्बन्धन प्राप्त क्याम्पसहरुले प्रकाशन गर्ने जर्नलमा त्रिविको नाम उल्लेख नगर्दा टाइम्स हाइअर एजुकेसनले सङ्कलन गरेको तथ्याङ्कभित्र समावेश नहुँदा बरियतामा पनि तल रहेको पत्रकार सम्मेलनमा उपकुलपति अर्यालले बताउनुभयो ।
आइओएम र आइओइ उत्कृष्ट
त्रिविले वैश्विक छवि र बरियतामा उल्लेखनीय प्रगति गर्दै विषयगत बरियतामा भने उत्कृष्ट प्रदर्शन गरेको छ । विशेष गरि चिकित्शा (मेडिसिन एण्ड हेल्थ) विषयमा त्रिवि विश्वका ६०१ औं स्थाननमा रहेको छ । जुन भारतका आधा दर्जन बाहेक अन्य विश्वविद्यालय भन्दा उत्कृष्ट ठहरिएको त्रिविले जनाएको छ ।
यस उपलब्धिले स्वदेशमै गुणस्तरिय चिकित्शा शिक्षालाई सम्भव तुल्याएको त्रिविले दाबी गरेको छ । त्यस्तै इन्जिनियरिङ अध्ययन सङ्स्थान (आइओएम) एक हजारत्रि परेको छ । त्यस्तै शिक्षा अध्ययन, जीवन विज्ञान, भौतिक विज्ञान, र सामाजिक विज्ञानहरुमा पनि त्रिवि भारतका थुप्रै विश्वविद्यालयहरुसँग पतिस्पर्धी रहेको त्रिविले जनाएको छ ।