आइतवार, श्रावण २४ गते २०८३

मतदानको दिन कस्ता कस्ता सवारी साधन चलाउन पाइन्छ ?

बुधवार , फाल्गुण १३, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने दिन फागुन २१ गते अत्यावश्यक सवारी साधनबाहेक अन्यको सञ्चालनमा निर्वाचन आयोगले रोक लगाएको छ । यसको लागि आवश्यक सहजीकरण गरिदिन आयोगले सरोकारवाला सबै सरकारी निकायलाई अनुरोध समेत गरेको छ । 

आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनहरू फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने निर्णय भएको छ । 

आयोगले अत्यावश्यक सेवाका सवारी साधनमा एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी साधनहरू तथा कूटनीतिक नियोगका सवारीसाधनहरू र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेकालाई राखेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार