बुधवार, आश्विन १४ गते २०८३

कांग्रेस र नेकपाले अकस्मात किन गर्दैछन् पत्रकार सम्मेलन

बिहिवार , फाल्गुण १४, २०८२

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले विहिबार छुट्टछुट्टै पत्रकार सम्मेलन गर्ने भएका छन् ।

कांग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी लगायतको विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको हो । उक्त पार्टीको केन्द्रीय प्रचारप्रसार समितिका अनुसार पत्रकार सम्मेलन पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजेको लागि तय गरिएको छ । 

त्यस्तै नेकपाले पनि समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गर्न लागेको जनाएको छ । पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित हुने उक्त पार्टीले जनाएको छ ।

पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिएको छ ।  तर पछिल्लो समय चुनावी सरगर्मी बढ्दै जाँदा एक अर्कासँग तालमेल गरेर जाने तयारी ती पार्टीहरुले गरेको समाचारहरु सार्वजनिक भइरहेकोले विहिबारको पत्रकार सम्मेलनलाई चासोको रुपमा हेरिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार