बुधवार, आश्विन १४ गते २०८३

गुणस्तरहीन उत्पादन गर्ने ६२ खाद्य उद्योग कारबाहीका लागि मुुद्धा दायर

बिहिवार , फाल्गुण १४, २०८२

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन उत्पादन गर्ने ६२ खाद्य उद्योगलाई कारबाहीका लागि मुद्धा दायर गरेको ।  
न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री गरेको अभियोगमा ६२ वटा मुद्दा दायर गरिएको छ । मुद्दा दायरमा सबैभन्दा बढी संख्या खानेतेल र घीउसम्बन्धी छन् । 
चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा अवधिमा ५ हजार ९ सय ६ पटक अनुगमन गरी ६२ उद्योग विरुद्ध कारबाहीका लागि मुुद्धा दायर गरिएको हो । 

विभागले सो अवधिमा  खाद्य तथा दाना व्यवसायतर्फ १ हजार ७ सय ८ पटक, खाद्य तथा दाना उद्योगतर्फ १ हजार ६ सय ६१ पटक, होटेल तथा रेष्टुरातर्फ १ हजार ३ सय १ पटक, हाट बजार मेला महोत्सवतर्फ ५६, डाइटरी सप्लीमेन्ट्रितर्फ १३४ पटक अनुगमन गरेको छ ।

यस्तै बिद्यालय, क्याम्पस, हस्पिटल क्यान्टिनतर्फ १८१ र मोवाइल् खाद्य प्रयोगशाला भ्यानमार्फत ६० पटक अनुगमन गरिएको छ ।यो अवधिमा १८८ नयाँ उद्योगलाई अनुमतिपत्र जारी गरिएको छ । ३३३ उद्योगको अनुज्ञापत्र नविकरणका साथै नयाँ उद्योग स्थापना गर्न ४ सय २१ उद्योलाई सिफारिश प्रदान गरिएको छ ।

अनुगमनको क्रममा १ हजार ४ सय ५२ वटा खाद्य तथा पेयजन्य पदार्थसम्बन्धी नमूना संकलन गरी बिश्लेषण गर्दा दुध तथा दुग्धजन्यतर्फ ४, प्रशोधित पिउने पानीतर्फ ११, तेल तथा घीउजन्यतर्फ २, मसलातर्फ ४, चियाकफीतर्फ २ र खाद्यान्न तथा दलहनतर्फ ७ नमूना प्रतिकूल अवस्थामा पाइएकाले ऐनअनुसार कारवाहीको प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।
 खाद्य एने ऐनविपरित 
दायर भएका मुद्दामध्ये तेल तथा घीउसम्बन्धी १३, दुध तथा दुग्धजन्यसम्बन्धी ६, फलफूल तथा सागपातसम्बन्धी ४, खाद्यान्न र दलहनसम्बन्धी ९, मसलासम्बन्धी २, नुनसम्बन्धी १, चिया कफीसम्बन्धी २, प्रशोधित पिउने पानीसम्बन्धी ५ र गुलियो पदार्थसम्बन्धी २० मुद्दा दायर गरिएको हो ।

दायर मुद्दामध्ये ३४ वटा न्यून गुणस्तर, ४ लेवल, २० दूषित खाद्य पदार्थसम्बन्धी र ४ वटा ऐन विपरित कार्यसम्बन्धीत रहेको विभागले जनाएको ।

अर्धवार्षिकी अवधिमा विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ विपरित उत्पादन भएका २९ लाख ४ हजार १ सय ५२ रुपैयाँबराबरको खाद्य पदार्थ जफत गरी नष्ट गरेको छ ।

जफत गरि नष्ट गरिएकामा मुख्यगरी पेय पदार्थ, मिठाई, खाद्यान्न, तेल, मसला, चिप्स, चकलेट, कटन क्याण्डी, मासुजन्य पदार्थ, र पिउने पानी छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार