आइतवार, आश्विन २५ गते २०८३

निर्वाचन आयोगले दल रोज्न दिएको समय आज सकिँदै, हालसम्म कतिले रोजे नयाँ पार्टी ?

मंगलवार , भाद्र २२, २०७८

काठमाडौं। निर्वाचन आयोगले दल रोज्न दिएको समय आज सकिँदै छ। नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि प्रदेश सांसद तथा स्थानिय जनप्रतिनिधिलाई दल रोज्नका लागि निर्वाचन आयोगले दिएको समय आज सकिन लागेको हो। 

एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको छ। सातवटै प्रदेशका प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दल रोज्ने क्रम जारी छ ।

पुरानो दल छोडेर नयाँ दल रोज्ने जनप्रतिनिधिको संख्या अन्तिम दिनसम्म आउँदा उल्लेखनीय छ । हालसम्म एमाले छोडेर एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने ३० सङ्घीय सांसदसहित ५१ प्रदेश सांसद खुलिसकेका छन्। प्रदेश २ र सुदूरपश्चिम प्रदेश सभामा एमालेभन्दा एकीकृत समाजवादी ठूलो दल बनेको छ। 

कतिपय जिल्ला कमिटीनै एसमा लागेका छन्। तर स्थानिय जनप्रतिनिधिको भने एकिन विवरण आइसकेको छैन। आयोगले भदौ ९ गते एकीकृत समाजवादी र लोसपालाई दल दर्ताको प्रमाणपत्र दिएको थियो। त्यसपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधनअनुसार दल विभाजन भएको २१ दिनको समय पुग्ने गरी आज भदौ २२ गतेसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय दिएको थियो। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार