आइतवार, श्रावण २४ गते २०८३

निकोलस भुसाललाई २५ हजार जरिवाना

बिहिवार , फाल्गुण १४, २०८२

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघनमा संलग्न रहेको आरोपमा निर्वाचन आयोगले विभिन्न राजनीतिक दलका उम्मेदवार, सरकारी कर्मचारी तथा शिक्षकलाई जरिवाना र विभागीय कारवाही गर्ने निर्णय गरेको छ । 

जेनजी आन्दोलनमा रगतबाट लतपतिएको भाइरल जुत्ता दुरुपयोग गरेको आरोपमा रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल जनसेवा पार्टीका उम्मेदवार डा. कमल भुसाल (निकोलस) लाई  २५ हजार रुपियाँ जरिवाना गर्ने निर्णय आयोगले गरेको छ ।

भुसालको उक्त कार्य निर्वाचन आचारसंहिता विपरित रहेकोले जरिवानाको निर्णय गरेको आयोगका प्रवक्ता नारायण भट्टराईले बताउनुभयो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार