काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकुल हुने गरि अभिव्यक्ति दिएको भन्दै प्रतिनिधि सभा सदस्य निर्वाचनका दुई उम्मेदवारलाई सचेत गराएको छ ।
पहिलोपटक दिइएको चेतावनी अनुसार सचेत नभएमा ति उम्मेदवारलाई थप कारवाही गर्ने चेतावनी पनि आयोगले दिएको छ ।
आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार खगेन्द्र सुनारलाई निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी अभिव्यक्ति नदिने सचेत गराउने निर्णय गरेको छ ।
त्यस्तै, प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहनुभएकी जानुका पाठक (शोभा) लाई पनि जेनजी आन्दोलनमा रगतबाट लतपतिएको आइकोनिक जुत्ता दुरुपयोग नगर्न सचेत गराएको छ ।
अब उप्रान्त यस्तो कार्य गरेमा प्रचलित निर्वाचन कानुन बमोजिम कारबाही गरिने निर्णय भएको आयोगले जनाएको छ ।