बुधवार, आश्विन १४ गते २०८३

आयोगले सोध्यो ८८ वटा स्पष्टीकरण, ५७ वटामा जवाफ

शुक्रवार , फाल्गुण १५, २०८२

काठमाडौं । फागुन २१ गते हुने निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा निर्वाचन आयोगले ८८ वटा स्पष्टीकरण सोधेको छ । जसमध्ये ५७ वटा स्पष्टीकरणमा जवाफ प्राप्त भएको आयोगले जनाएको छ ।

शुक्रबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायण भट्टराईले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा इमेल, व्यक्तिगत दर्ता तथा सञ्चारमाध्यमबाट २५४ वटा उजुरी प्राप्त भएको थियो । 

निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाही गर्ने प्रक्रिया जारी राखेको आयोगले जनाएको छ । 

आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन अधिकृत, सुरक्षा निकाय तथा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयहरू क्रियाशील छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार