काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की समक्ष नेपालका लागि पाकिस्तानी राजदूत महामहिम अबरार एच. हासमीले भेट गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ ।
राजदूत हासमीले प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपालमा शान्ति सुव्यवस्था पुनस्र्थापित भएको र अब निर्वाचन पनि शान्तिपूर्ण वातावरणमा सम्पन्न हुन गइरहेको भन्दै बधाइ तथा शुभकामना दिए ।
प्रधानमन्त्री कार्कीले नेपालको लोकतान्त्रिक स्थायित्वका लागि पाकिस्तानबाट प्राप्त सद्भाव र सहयोगका लागि धन्यवाद व्यक्त गरिन् ।
बैठकपछि दुवै पक्षबाट नेपाल–पाकिस्तानको मित्रवत् सम्बन्ध, सहकार्य र साझेदारीलाई नयाँ उचाइमा पु¥याउने गरी काम गर्ने विश्वास र प्रतिबद्धता व्यक्त भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।