बुधवार, आश्विन १४ गते २०८३

निर्वाचन आचारसंहिता उल्लङ्घनमा लुम्बिनी प्रदेश अगाडी, सुदूरपश्चिममा सबैभन्दा कम

शुक्रवार , फाल्गुण १५, २०८२

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको आचारसंहिता उल्लङ्घनका घटनामा सबैभन्दा धेरै उजुरी लुम्बिनी प्रदेश तथा सबैभन्दा थोरै उजुरी सुदूरपश्चिम प्रदेशमा परेको छ । 

आयोगका अनुसार प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २ सय ४४ वटा उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् ।

आयोगका अनुसार आचार संहिता लागु भएपछि जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कूल १ हजार ७६ वटा उजुरी परेको थियो ।  

त्यसमध्ये १ हजार ६१ वटा अर्थात ९९%) फछ्र्यौट भएको आयोगका प्रवकता नारायण भट्टराईले जानकारी दिनुभयो ।   

प्राप्त उजुरीमध्ये ९७ वटा (९%) लिखित र ९७९ ओटा (९१%) टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएको आयोगले जनाएको छ ।

आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिमा भने इमेल, व्यक्तिगत दर्ता तथा सञ्चारमाध्यमबाट २५४ उजुरी लिइएको थियो ।

सोमध्ये ८८ वटा उजुरीमा स्पष्टीकरण सोधिएकोमा ५७ वटाको जवाफ प्राप्त भएको आयोगले जनाएको छ । 

निर्वाचन आचारसंहिता उल्लङ्घन घटनाका सम्बन्धमा निर्वाचन आयोगको केन्द्र र जिल्ला स्तरमा प्राप्त उजुरीमध्ये ९९ प्रतिशत उजुरी फछ्र्यौट भएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार