काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज काठमाडौँ उपत्यकामा घण्टी अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टीका सभापति रविलामिछाने बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) तथा अन्य नेताको उपस्थितीमा शनिबार बिहान पशुपतिबाट यस अभियानकोे शुरुवात हुनेछ ।
उक्त अभियान बालाजुस्थित पार्टी कार्यालयमा आएर समापन हुनेछ । त्यसपछि आजै लामिछाने, शाह लगायतका नेता उपत्यकाका विभिन्न चुनावी सभामा सहभागि हुनेछन् । पछिल्लो समय रास्वपाले चुनावी अभियानलाई तिब्रता दिएको छ ।
यसअघि उपत्यकाबाहिर यस अभियान सञ्चालन गरेको रास्वपा पछिल्लो समय उपत्यका केन्द्रित बनेको छ ।