बुधवार, आश्विन १४ गते २०८३

आज मधेशका चार जिल्लामा कांग्रेसको चुनावी सभा

सबै सभामा पार्टीका सभापति गगनकुमार थापाले सम्बोधन गर्ने

शनिवार , फाल्गुण १६, २०८२

काठमाडौं । नेपाली कांग्रेसले शनिबार मधेस प्रदेशका चार वटा जिल्लामा चुनावी सभा गर्ने भएको छ ।

सबै सभामा उक्त पार्टीका सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 
कांग्रेसले दिएको जानकारी अनुसार सर्लाही, बारा, पर्सा र रौतहटमा सभा हुनेछ ।

पछिल्लो समय थापा पार्टी सभापतिमा विजयी भएपछि चुनावी सभालाई तिब्रता दिएका छन् । थापाको काँधमा पार्टी नेतृत्वको जिम्मेवारी आएसँगै पार्टीमा जनताको आकर्षण उर्लिन थालेको छ । 

विगतमा कांग्रेस छोडेर अन्य पार्टीमा प्रवेश गरेर केन्द्रीय तथा जिल्ला स्तरिय नेता बनेकाहरु पनि पुरानै पार्टीमा फर्कने लहर चल्न थालेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार