काठमाडौं । काठमाडौंभित्रका रात्रीकालीन् व्यवसाय राती नौ बजेदेखि बन्द गर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागुन १८ गतेदेखि लागु हुने गरि व्यवसाय बन्द गर्न अनुरोध गरेको हो ।
निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसायमा रोक लगाएको हो । कार्यालयले जारी गरेको सूचना अनुसार फागुन १८ गतेदेखि राति ९ बजेपछि कुनै पनि व्यवसाय सञ्चालन गर्न पाइने छैन ।
‘अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म मात्र सञ्चालन गर्ने र तत् पश्चात सम्पूर्ण व्यवसायीहरु बन्द गर्न÷गराउनुहुन सम्बन्धित सरोकारवालाहरुको जाननकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ ।