बुधवार, आश्विन १४ गते २०८३

निर्वाचनमा सवारी समस्या हुन सक्ने, रात्री बस नचल्ने

शनिवार , फाल्गुण १६, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको समयमा लामो तथा मध्यम दुरीका सवारी आवातजावातमा समस्या पर्ने भएको छ । यातायात व्यवसायीहरुले निर्वाचनको अघिल्लो दिन अर्थात फागुन २० गते लामो तथा मध्यमदुरीका रात्री बसहरु सञ्चालन नगर्ने भएका छन् । 

निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ गते साँझ पाँच बजेसम्म अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी सञ्चालन वन्द गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार फागुन २० गते दिउसोमा यातायात सञ्चालन हुने छन् । २० गते राती १२ बजेसम्म गन्तव्यमा पुग्न सक्ने रुटका बसहरु सञ्चालन हुनेछन् । 

महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाका अनुसार २० गतेका यात्री बसहरुको टिकट काटिएको छैन ।

एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारी साधन भने निर्बाध रूपमा सञ्चालन हुने छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार