काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक, प्रारम्भिक बाल बिकास केन्द्रका सहजकर्ता, आया तथा अन्य सबै प्रकारका कर्मचारी गरी ८३ वटा विद्यालयका ३६ हजार २८० जनालाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा आवद्ध गराइएको छ ।
गएको माघ १३ गते कार्यवाहक प्रमुख सुनिता डंगोलले, विद्यालयमा एकीकृत विद्युतीय हाजिरी प्रणाली कार्यान्वयकाठमाडौं महानगरका सामुदायिक विद्यालय
३६ हजार २८० जना विद्यार्थी, शिक्षक र कर्मचारी एकीकृत डिजिटल हाजिरी प्रणालीमा आवद्धनमा ल्याउन निर्देशन दिएपछि शिक्षा विभाग र सूचना प्रविधि विभागले काम प्रारम्भ गरेका थिए ।
यसपछि महानगरपालिकाका आन्तरिक जनशक्तिबाट प्रणाली विकास गरियो । विद्यालयको लेखा र प्रशासनमा काम गर्ने कर्मचारीहरुलाई प्रणाली सञ्चालन गर्ने तालिम प्रदान भयो ।
डाटा इन्ट्री गराउने, अद्यावधिक गराउने, प्रतिवेदन बनाउने क्षमता विकास गरिएपछि विद्यालयकै जनशक्तिबाट प्रणालीमा तथ्याङ्क प्रविष्ट गराइएको हो । शिक्षक, कर्मचारी र विद्यार्थी गरी कक्षा १० सम्मका करिब ४५ हजार संख्या रहेको विभागको शिक्षा विभागको भनाइ छ ।
विभागले २०८२ चैत्र १ देखि विद्यालयहरुमा पठाउने अनुदान तथा निकासा हाजिरी प्रणालीमा आवद्ध भएको तथ्याङ्क तथा अभिलेखका आधारमा मात्र पठाउने निर्णय गरेको विभागका प्रमुख नमराज ढकालले जानकारी दिए ।
महानगरपालिकाका अनुसार विद्यालयहरुको भौतिक पूर्वाधार विकासका लागि पूर्वाधार सर्वेक्षणका काम भइरहेको छ । चालु आर्थिक वर्षमा यसका लागि ३६ करोड रुपियाँ विनियोजन गरिएको छ ।
विभागका प्रमुख ढकालका अनुसार पहिलो चरणमा ४ वटा, दोस्रो चरणमा ११ वटा विद्यालयको पूर्वाधार गुरुयोजना तयार भएको छ । तेस्रा चरणमा २३ वटा विद्यालयहरुको विस्तृत परियोजना प्रतिवेदन तयार हुँदैछ ।
२०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई लक्षित गरी पहिलो चरणमा ६ वटा र दोस्रो चरणमा ५ गरी ११ वटा विद्यालयमा विषय विज्ञ तथा स्रोत शिक्षकबाट विशेष तयारी कक्षाहरु सञ्चालन गरिरहेको छ ।
यसबाहेक अन्य विद्यालयहरुले पनि विशेष कक्षाका लागि लिखित माग गरेमा शिक्षा विभागले कक्षाको व्यवस्थापन गर्ने साथै विद्यालयले जिरो एनजीको लक्ष्य पूरा गर्ने कार्ययोजना बनाएर सघन कक्षा सञ्चालन गर्ने निर्णय गरिएको शिक्षा अधिकृत केशवप्रसाद ज्ञवालीले जानकारी दिए ।
आउँदो महिना अर्थात चैत ५ गतेदेखि सञ्चालन हुने आधारभुत शिक्षा परीक्षा (कक्षा ८) तथा अन्य कक्षाहरुको वार्षिक परीक्षा मर्यादित तथा व्यवस्थित रुपमा सञ्चालन गर्ने र समयमा नतिजा प्रकाशन गर्न विद्यालयहरुले तयारी गर्ने, शिक्षा विभागले समन्वय र सहजीकरण गरिनेछ ।
विद्यालय व्यवस्थापन महाशाखा प्रमुख एवं शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालका अनुसार यस वर्ष पनि आधारभूत शिक्षा परीक्षा वाह्य परीक्षा केन्द्रहरुबाट सञ्चालन हुनेछ ।