आइतवार, श्रावण २४ गते २०८३

यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न दुतावासकोआग्रह

शनिवार , फाल्गुण १६, २०८२


काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) स्थिति नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।

मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै यूएई सरकार तथा नेपाली  दूतावासरमहावाणिज्य दूतावासले जारी गरेका सुरक्षा मार्गनिर्देशन र सूचनाहरूको पालना गर्न सबै नेपाली नागरिकलाई अनुरोध गरेको हो ।

विज्ञप्तिमा मध्यपूर्वको सिर्जित अवस्थालाई ध्यानमा राखी सम्भावित जोखिमबाट जोगिन सचेत रहन भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार