काठमाडौँ । नेपाल आयल निगमले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।
इन्डियन आयल कर्पाेरेशन(आइओसी)ले शनिवार पठाएको नयाँ मूल्य अनुसार डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य बढेर आएपनि निगमले यथावत राखेको जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि यहाँ यथावत् राखेको छ । निगमले विज्ञप्ति जारी गरी उपभोक्तालाई राहत दिने उद्देश्यले मूल्य यथावत् राखिएको जनाएको छ।
निगमका अनुसार, पेट्रोलमा दुई रुपैयाँ नौ पैसा, डिजेलमा दुई रुपैयाँ ४७ पैसा, ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा मूल्य बढेर आएको थियो ।
बजारमा पेट्रोल प्रतिलिटर १५७, डिजेल\मट्टितेल १४२, हवाई इन्धन आन्तरिक लिटरमा १२७ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिन्डर एक हजार ९१० रुपैयाँ रहेको छ ।