बुधवार, आश्विन १४ गते २०८३

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस : अध्यक्ष ओली

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस भन्ने कामना गर्नुभएको छ । मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका कारणले आफू निदाउन पनि नसकेको उल्लेख गरेका छन् ।

मध्यपूर्वमा भएका लाखौं नेपालीहरु आपत र कोलाहलमा भएकोले उनीहरुका परिवार पलपल छट्पटाएर बस्नु परेको अध्यक्ष ओलीको भनाइ छ ।

‘मध्यपूर्वी देशहरु माथीको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृष्यले आज निद्रा परेको छैन । ती देशमा लाखौं नेपाली आपत र कोलाहलमा छन्’ अध्यक्ष ओलीले लेखेका छन्, ‘तिनका परिवारले यहाँ पलपल छट्पटाएर बस्नु परेको छ ।’

अवसर छनौटका लागि खुला विश्वमा आज संसारका नागरिक संसारैभरी आउनु जानु स्वभाविक भएको अध्यक्ष ओलीको भनाइ छ । ‘अस्वभाविक र खतरनाक त कुरा युद्ध र भूराजनीतिक चपेटा हो’ अध्यक्ष ओलीले लेखेका छन्, ‘ति देशहरु पनि पक्कै युद्ध चाहदैन थिए । तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने ।’ 

अध्यक्ष ओलीले नेपालमा अहिलेसम्म सौभाग्यवश मिसाइलको धुँवा भोग्नु नपरेको उल्लेख गरेका छन् । अध्यक्ष ओलीको प्रार्थना छ ‘कुनै पनि आवरणमा त्यो आउन नसकोस् । आज तपाईंहरुलाई छटपटी भइरहँदा म निदाउन सकिन । बेचैन छु ।’ 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार