बुधवार, आश्विन १४ गते २०८३

ठेगाना बिनाका झिल्केबाट सचेत बनौं– उपमहासचिव भट्टराई

आइतवार , फाल्गुण १७, २०८२

दमक । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन् । 

आईतबार यसै क्षेत्र अन्तर्गतको दमक १ मा आयोजीत चुनावी कार्यक्रममा भट्टराईले विकास, राष्ट्रियता र राष्ट्रवादी अडानका कारण ओलीको विकल्पमा अरु नेता नभएको र आसन्न चुनावमा यस क्षेत्रमा समेत ओली निर्विकल्प रहेको बताएका हुन् ।

आफु ताप्लेजुङ्को बासिन्दा भएको उल्लेख गर्दै त्यहाँको तुलनामा झापा ५ मा भएको विकासले पनि यहाँका मतदाताले ओलीलाईनै रोज्नेमा आफु ढुक्क रहेको उनले बताए । 

चुनावको मुखमा कतिपय ठेगाना विनामा झिल्केहरु उम्मेद्वार भएको उल्लेख गर्दै त्यस्ताको इतिहास र भविष्य केहि नहुने बताउँदै भट्टराईले भने, ‘उनीहरु आँफैको त न इतिहास छ, न भविष्य छ, त्यस्ताबाट देश र जनताले के अपेक्षा गर्न सक्छन् र ।’

भट्टराईले अहिले देश र संविधानलाई संकटमा पार्न खोजिएको भन्दै एमाले देशको अभिभावक पार्टी भएकाले चुनाव पछि सवै सम्हाल्ने दावि गरे ।

आफ्ना नेतासँग जिज्ञासा, गुनासा र प्रश्न राख्ने अधिकार जनतालाई रहेको उल्लेख गर्दै भट्टराईले सोहि कारण पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रत्येक नागरिकको गुनासाको संवोधन गरि रहेको समेत भट्टराईले बताए । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार